माधव नेपालसहित चार जना नेतालाई गरिएको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

 वैशाख ३०, २०७८ बिहीबार ११:२७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविरुद्ध लागेको भन्दै चारजना नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । यस्तै देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्णय गर्ने अधिकार स्थायी कमिटीको बैठकले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पनि नेम्वाङले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया