बूढानीलकण्ठमा प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता सुरु

 बैशाख ३०, २०७८ बिहिबार १४:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएकाे छ । उहाँहरूबीच व्यवसायी रामेश्वर थापाकाे घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ । 

बिहीवार बिहान बसेकाे नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । 
 
माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको छ ।   

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • श्यामसुन्दर प्रसाद कुशवाहा

    May 13, 2021, 4:22 p.m.

    पार्टीमा एकता र सहकार्य अपरिहार्य छ। पार्टी हाम्रो हो, कोई एक जना विशेषको होइन ।समग्र पार्टी एउटा टिमको रूपमा कार्य गर्दा, उसको वलिदानी, त्याग , तपस्या ,निरन्तर मिहनेतबाट मात्र यो पार्टी सर्वोच्च उचाइमा पुगेको हो तसर्थ पार्टी टिम भित्रका सद्स्यहरूमा मात्र प्रेम र हार्दिकताले पुग्दैन, भरोसा हुनु जरूरी छ। स्मरण होस प्रेम र भरोसा अलग कुरा हुन्।भरोसा तब मात्र सम्भव छ जब पार्टीको हरेक निर्णयमा सबै सद्स्यहरूको सहभागिता हुन्छ। पार्टी भित्र पनि शुशासन(good governess)होस। संक्षेपमा, दुवै पक्षले एक अर्काको मूल्यलाई बुझिदिनुपर्यो। देश र आम जनता को मांग के हो? बुझिदिनुपर्यो। दुवै पक्ष एक अर्काको सम्मान गरौ।पार्टी बचाऔ। देशले हाल विकास मागेको छ।करोनासंगको लडाई मा एक भएर लड्न मागेको छ। यो कुरा पार्टी को एकतामा मात्र सम्भव छ।ओली पक्षले माधव पक्षलाई सम्मान का साथ सामिल गरौ।यसमा पार्टीको जीत छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया