निषेधाज्ञा अवधिमा बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

 बैशाख ३०, २०७८ बिहिबार १९:५९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । नेपाल बैंकर्स सङ्घले आज विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ ।

थोरै रकम जम्मा गर्नका लागि बैंकमा भिड हुने गरेको भन्दै यस्तो निर्णय भएको सङ्घले जनाएको छ । बैंकर्स सङ्घले सकभर विद्युतीय कारोबार गर्न पनि ग्राहकलाई अनुरोध गरेको छ ।

यस्तै डिम्याट खाता खोल्ने काम पनि तत्कालका लागि रोकिएको सङ्घले जनाएको छ । यो निर्णय निषेधाज्ञा अवधिभरका लागि मात्रै भएको बैंकर्स सङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया