भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित चार जना पक्राउ

 जेठ २, २०७८ आइतबार ११:१०:३८ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङमा भरुवा बन्दुक र वन्यजन्तुको अंगसहित चार जना पक्राउ परेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका डम्बरबहादुर कार्की, द्रोण कार्की, रबिन्द्र कार्की र कृष्ण विश्वकर्मालाई प्रहरीले वन्यजन्तुको अंग, भरुवा बन्दुक र भरुवा बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले चार जनालाई शनिबार राति १० बजे पक्राउ गरेको हो ।

डम्बरबहादुरको साथबाट एक थान भरुवा बन्दुक, एउटा मृगको टाउकोको अगाडिपट्टिको भाग, सालकको ४८० ग्राम खपटा, गन्धक, सलाइ, बारुद, सोरा र छर्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो ।

यस्तै, द्रोणको साथबाट भरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, सोरा र छर्रा, रबिन्द्रको घरबाट भरेको एक थान भरुवा बन्दुक, गन्धक, बारुद, सोरा र छर्रा तथा कृष्णको घरबाट भरुवा बन्दुकको ५ थान नाल, बनाउन लागेको बन्दुकको एक थान बट र बन्दुक बनाउन प्रयोग हुने औजारहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जना बिरुद्ध हातहतियार तथा खरखजना सम्वन्धी कसुरको मुद्धा दर्ता गरेर म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक गजमेरले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया