दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – संसद् सचिवालय नयाँ बानेश्वरमा कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुरुपयोग भएको पाइएको छ । संसद् सचिवालयमा गएकाे शुक्रवार (अस्ति) देखि सांसद, संसद्का कर्मचारी, मर्यादापालक र संसद् हेर्ने पत्रकारका लागि भनेर दोस्रो डोजको खोप लगाउन सुरु गरिएको थियो । तर खोप लगाउन सांसदले नै आफ्ना मान्छे लैजाँदा खोपको दुरुपयोग भएको हो ।
संसदका एक कर्मचारीले भने, ‘माननीयको गाडी चढेर आउनुहुन्छ, हामीलाई तपाईँ चाहिँ बाहिरै झर्नुपर्याे, खोप लगाउन पाउनु हुन्न भन्न पनि अफ्ठ्यारो । यसले गर्दा खोप वितरणमा अलि समस्या परेको हो ।’
गएको फागुनमा पहिलो डोज लगाएका सांसद, संसद्का कर्मचारी, मर्यादापालक तथा पत्रकारका लागि दोस्रो डोज अस्ति, हिजो र आज दिने तयारीअनुसार संसद् सचिवालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा एक हजार चार सय ५० डोज खोपको व्यवस्था गरिएको थियो । त्यहीअनुसार अस्ति सांसदलाई, हिजो संसद्का कर्मचारी र पत्रकार तथा आज मर्यादापालकलगायत हिजो र अस्ति छुटेकालाई खोप दिने भनिएको थियो । तर सांसदले नै खोपको दुरुपयोग गरेको देखेपछि आज बिहानैदेखि त्यहाँ अन्य नागरिक पनि खोपका लागि पुगेका थिए ।
संसद् सचिवालयमा नै खोपको दुरुपयोग हुनु लज्जास्पद भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । संसद् सचिवालयले भने गलत बुझाइका कारण ज्येष्ठ नागरिकलगायत अन्यले दुःख पाएको प्रतिक्रिया दिएको छ ।
पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले खाेपकाे दुरुपयाेग भइरहेकाे भन्दै सभामुख, संसद्का महासचिव र स्वास्थ्य मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउनुभएकाे छ ।
आज बिहानै ज्येष्ठ नागरिकलगायत पनि खोप लगाउन संसद् भवनमा लाइनमा बसेकाले समस्या भएको संसद् सचिवालयको जवाफ छ ।
तस्बिरहरू : सविन धमला ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sundar Ghimire
May 16, 2021, 2:54 p.m.ए सरकार "Covide-19" को औषधि नेपालीले बनाउन पाउदैन ?