सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – चीनबाट थप चार सय थान अक्सिजनका खाली सिलिन्डर नेपाल आइपुगेको छ । दिउँसो दुई बजे चीनबाट थप चार सय अक्सिजनका खाली सिलिन्डर र केही थान अक्सिजन कन्सेन्ट्रेटर आइपुगेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
महाप्रबन्धक पाैडेलका अनुसार फेरि अक्सिजनका खाली सिलिन्डर लिन निगमको जहाज चीन गएको छ । आज गएको जहाज भोलि साेमवार फर्किने छ । यसअघि पहिलो चरणमा पनि चीनबाट निगमको जहाजले चार सय अक्सिजनका खाली सिलिन्डर नेपाल ल्याएको थियो ।
यसैबीच आज तातोपानी नाकामा चीनबाट १८ हजार अक्सिजनका खाली सिलिन्डर आइपुगेको भन्ने खबरमा कुनै सत्यता नरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले नाकामा सिलिन्डर आइपुग्यो भने हल्ला फैलाउने काम भएको बताउनुभयो ।
‘चीनबाट आउँदै छ भन्ने जानकारी आएको छ, तर कति , कसको नाममा र कुन मितिमा भन्ने कुनै जानकारी भन्सार कार्यालयमा पनि आएको छैन’, उहाँले भन्नुभयो । बिहान उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलको सचिवालयले तातोपानी नाकामा १८ हजार खाली सिलिन्डर आएकाे जनाएको थियो ।
यस्तै उपप्रधानमन्त्रीका प्रेस संयाेजकले पनि १८ हजार सिलिन्डर आइसकेकाेबारे फेसबुकमार्फत जानकारी दिनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।