सुनको भाउ फेरी निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल आउँदैछ । साढे चार सय थान अक्सिन सिलिन्डर लिएर जहाज दिउँसो दुई बजे त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ ।
जहाज अर्को खेप सिलिन्डर लिन आजै राति फेरि बेइजिङको लागि उड्नेछ । निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ । यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान तथा अवतरण हुँदैछन् । हिमालय एअरलाइन्सको जहाज चीनको कुम्निङबाट बिहान काठमाण्डौ आइपुगेको छ भने राति सवा ८ बजे फेरि कुम्निङकै लागि उड्नेछ ।
यस्तै चीन गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजेर पाँच मिनेटमा काठमाण्डौ फर्कँदैछ भने राती ११ बजे पुन बेइजिङको लागि उड्दैछ । यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज राति ९ बजे काठमाण्डौ आएर ११ बजे उड्ने तालिका रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।