दाङमा सहकारीद्वारा कोराेना उपचार ऋण उपलब्ध

 जेठ ३, २०७८ सोमबार १२:३५:१५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोराना सङ्क्रमण पुष्टि भएका आफ्ना सदस्यहरुलाई उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्न शुरु गरेको छ ।

घोराहीमा रहेको सहकारीले काेराेना संक्रमित सदस्यहरुको औषधि उपचारका लागि दुई महिनासम्म ब्याज नलिने गरी एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनुको साथै चार हजार मूल्य बराबरको स्वास्थ्य तथा पोषणयुक्त खानेकुरा उपलब्ध गराउन थालेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

यसैबीच अक्सिजनको अभाव भएपछि दाङमा नागरिक स्तरबाट अक्सिजन बैंकको अभियान थालिएको छ । अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसकिने बताउन थालेपछि नागरिकले स्वस्फूर्त रुपमा रकम संकलन गरि अक्सिजन आपूर्ति गर्न थालेका हुन् । सामाजिक सञ्जाल मार्फत गरिएको यो अभियानका कारण बिरामीको उपचारमा धेरै सहज भएको कोराेना विशेष अस्पतालहरुले जनाएका छन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया