राष्ट्रियसभा चुनावमा भोट हाल्नेले अनिवार्य ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनुपर्ने

 जेठ ४, २०७८ मंगलबार ७:९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कोरोनाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ ।

पर्सि ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको हो । 

कोभिड सङ्क्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप-प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा, र कोरोना सङ्क्रमण देखिएकालाई मतदान केन्द्र ‘ग’ मा  मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । 

यस्तै मतदाताले मतदान केन्द्र प्रवेश गर्नुअघि स्वास्थ्य सावधानी राम्रोसँग पालना गरेको हुनुपर्ने र मतदान स्थलमा साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ । यस्तै पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान स्थल, मतदान केन्द्र र मतगणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया