चक्रवातका कारण भारतको गुजरातमा तीन जनाको ज्यान गयो, १६ हजारभन्दा धेरै झुपडी भत्किए

 जेठ ४, २०७८ मंगलबार १४:५९:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको गुजरात राज्यकाे जनजीवन पनि अस्तव्यस्त भएको छ । तीव्र गतिको हावाहुरी र ठूलाे वर्षाका कारण गुजरातमा तीन जनाको ज्यान गएको छ ।

हवाहुरी र वर्षाका कारण ४० हजारभन्दा धेरै रुख भाँचिएका छन् भने १६ हजार पाँच सयभन्दा धेरै झुपडी भत्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चक्रवातका कारण मुम्बईमा १२ जनाको ज्यान गएको थियो भने एक लाख ५० हजार जना विस्थापित भएका थिए ।

यसैबीच खराब माैसमसँग जुध्दै भारतीय जलसेनाले मुम्बईमा अरब सागरबाट एक सय ७७ जनाकाे उद्धार गरेकाे छ । ती सबै जना ढुङ्गामा सवार थिए र चक्रवातका कारण समुद्रमा अड्किएका थिए ।

चक्रवातले पारेको असरबारे केन्द्रीय गृह मन्त्री अमित शाहले गुजरात, महाराष्ट्र र राजस्थानका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको छ । केरला, कर्नाटक, गोवा र महाराष्ट्रपछि साेमवार राति चक्रवात गुजरातमा प्रवेश गरेको थियो । अबको केही घण्टापछि चक्रवात कमजोर हुँदै जाने अनुमान गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया