जुन १ देखि अन्तर्राष्ट्रिय उडान सहज बनाउने तयारी

 जेठ ४, २०७८ मंगलबार १५:५०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो जुन १ अर्थात् जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू केही सहज बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरू स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गरी निश्चित देशहरूबाट कोटा तोकेर सञ्चालन गर्ने सोच बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै जुन १ देखि उडानमा केही सङ्ख्यामा खोल्ने भन्ने मन्त्रालयको सोच छ, तर यो कुरा मन्त्रालयले मात्र निर्णय गरेर हुने चाहिँ होइन ।’नेपालमा नयाँ भेरियन्टसहितको कोराेना सङ्क्रमण फैलिएपछि सरकारले गएको वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोकेको लगाएको हो ।

तर उडान लामो समय रोकिँदा विभिन्न देशमा नेपाली नागरिकहरू अलपत्र परेका छन् । देश अनुसार हप्तामा केही उडान भएमा पनि टिकट काटेर पनि घर फर्कन नपाएका नेपालीहरूलाई सहज हुनेछ । 

यस्तै सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्न अनुमति दिएको छ । तर नेपालमा रोकिएका भारतीय नागरिक लिएर साउदी अरब जाने नेपाली जहाजहरू रित्तै फर्कने भएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा १० वटा चार्टर्ड उडान गर्ने गरी आवश्यक कार्य गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकेको छ । सरकारले नेपालस्थित भारतीय दूतावासबाट सिफारिस भएका भारतीय नागरिकलाई मात्रै साउदी लैजान अनुमति दिएको हो सहसचिव लामिछानेले जानकारी दिनुभयो ।

‘भारतीय दूतावासको अनुरोधमा अनुमति दिइएको हो, अहिलेलाई एकतर्फी भनिएको छ, तर उताबाट फर्कँदा यात्रु ल्याउन पाउने अहिले भनिएको छैन,’ उहाँले भन्नुभयो,‘विदेशबाट आएका नागरिकको व्यवस्थापन र स्वास्थ्यका मापदण्ड लगायतका कुरा स्वास्थ्य मन्त्रालयका साथै अन्य निकायबाट निर्णय नभएसम्म हामीले भन्न सकिने अवस्था छैन ।’

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा पनि एअर बबल सम्झौता अनुसार नेपाल र भारतबीच भने हप्तामा दुई वटा उडान भइरहेको छ ।   

यी उडानमार्फत नेपाल फर्कंनेले १० दिन अनिवार्य सरकारले तोकेको होटेल क्वरेण्टीनमा बस्न पर्छ । तर अब अन्य देशबाट उडानहरू सञ्चालन भएमा मापदण्ड के हुने भन्ने निर्णय भइसकेको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

10 Comments

  • Sunil Tharu

    June 12, 2021, 6:56 p.m.

    दुबईवाट काठमान्डौ आउने सीधा फ्लाइट खोल्ने व्यवस्था गर सरकार ...यहाँ लाचार र विवस लाखौँ नेपाली काम नपाएर अलपत्र छन् , हुनत कुर्सीमा बस्नेलाई के थाहा यता हाम्रो पीडा कस्तो हुन्छ भनेर ??

  •  0 Reply
  • Damudar Chalise

    May 19, 2021, 1:54 p.m.

    माथी माथी पदमा बसेर निर्णय लिनेहरुलाइ के थाहा सर्वसाधारण नागरिकका पिडा, ती निर्णय लिनेहरुको त भत्ता पाकिरहेकै छ! अन्तर्राष्ट्रिय उडान बन्द गर्नाले रोजगारिमा जाने आउनेलाई कत्तिको समस्या परेको छ भनेर ती कुर्सीमा बसेर निर्णय लिनेहरुलाई थाहा हुँदैन ! स्वास्थ्य मापदण्ड पलना लगातार गरिरहेको भए यो अवस्था आउने नै थिएन। अवस्था सामान्य नै थियो र दुबईबाट 15 दिनको छुट्टीमा घरपरिवार भेटेर फर्कने प्लान बनाएर नेपाल झरेको थिए तर यहाँ आइपुगेपछि बन्दाबन्दी सुरु भयो अब अवस्था यस्तो आयोकि न गृह जिल्ला पुग्न सके र अब रोजगारीमा फर्किनुपर्ने समयपनि टलिसक्यो , नेपालमा त केही उपाय छैन अनि तेहि भएको जागिरपनी चैट हुने जस्तो छ ! छि मेरो देशको राजनीति खेल र कर्यविधि ।

  •  0 Reply
  • Shambhu adhikari

    May 19, 2021, 9:33 a.m.

    धेरै नेपाली अलपत्र परेका छन् , कतिले ज्यान नै गुमाइसके , बरु मिल्छ भने चांडो अन्तराष्ट्रिय उडान खोलम त...कृपया मापदण्डको पालना गरि अगाडि बढाउँ /

  •  1 Reply
  • Shyam chhetri

    May 19, 2021, 5:05 a.m.

    Must necessary case do good decisions I am very happy thank you all. 🙏

  •  0 Reply
  • Deepak Basyal

    May 19, 2021, 3:48 a.m.

    २० दिन भयो न काम छ न दाम छ हात मा , सुत्दा सुत्दा करङ का हड्डी पनि खिहिए बल्लतल्ल काटेको फ्लाइट टिकट छ तै नी मिति बढाउँदा बढाउँदै हैरान भएको छु नेपाल सरकार ले एस्तो विपद् पर्दा पनि सहयोग गर्नु त टाढा को कुरा हवाई जहाज पनि बन्द गर्दियो आफै, मेरो अनुरोध छ छिटो भन्दा छिटो अन्तराष्ट्रिय हवाई उडान सुचारु गर्नु पर्यो, नाई भनी यतै भोक भोकै सोर्गलोक गाइन्छ कि भन्ने डर हुन लाग्यो 🙏🙏🙏🙏🙏🙏

  •  0 Reply
  • Dhiren limbu

    May 18, 2021, 10:10 p.m.

    हाल म साउदीमा छु , बिगत १ वर्षदेखि नेपाल फिनिश आउने जमर्को गरिराखेको छु / गतवर्ष नै एक्जित भिसा लगाएको, तर बन्द भएर १ वर्ष करार थप्न बाध्य भइयो / अब यो वर्ष पनि फ्लाइट बन्द एक्जिट दिएर बसेको , अब फ्लाइट बन्द भएकोले रुम मै बसेको १५ दिन भैसक्यो , अब जुन १ मा खुलेन भने फेरि १ वर्ष करार थप्नुपर्ने हुन्छ / जब करार सकिन्छ, फ्लाइट बन्द हुन्छ, जब करार शुरु गर्यो, अनि प्लेन चल्छ तर आउन पाइंदैन / तपाईंहरुको एउटा निर्णयले विदेशवाट घर फर्कन चाहने नेपालीलाई असर परेको छ / त्यसैले जसरी भएपनि कोविद १९ को सुरक्षा अपनाएर फ्लाइट खुलाइदिनुहुन अनुरोध गर्दछु /

  •  0 Reply
  • vijay

    May 18, 2021, 9:01 p.m.

    यु ए इ को उडान खुला हुनुपर्यो जसरी भएपनि तुरुन्त .....

  •  0 Reply
  • Rajan Tamang

    May 18, 2021, 6:36 p.m.

    याे त धेरै खुशीकाे खबर हाे नि । बैदेशिक राेजगारकाे लागि जानु लाग्नु भएकाे दाजुभाइ र दिदिबहिनीहरु राेकिएका छन । काेहि रिन लिएका छन् तेसैले भारत मात्र होइन अन्य देशमा मा पनि खुलाउनु पर्छ साबधानी अपनाएर ।

  •  1 Reply
  • Arjun Pariyar

    May 18, 2021, 4:26 p.m.

    नेपालबाट साउदी किन पठाउने हो र direct india पठाउने अनि उसैले आफ्नो देशको नागरिकलाई जता पठाउने उतै लैजान्छ

  •  0 Reply
  • Lalit pulami

    May 18, 2021, 4:13 p.m.

    अबस्य पनि फ्लाइट चाडो भन्दा चाडो चालू हुनु पर्छ । यो बन्द ले म जस्ता हजारौं प्रबासी नेपाली हरु अलपत्र हुनु परेको छ । बरु स्वास्थ्य का मापदण्ड कडाइका साथ पालना गरौला तर फ्लाइट चाडै खोल्नु पर्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया