शेयर बजारमा नयाँ 'रेकर्ड' : अहिलेसम्मकै उच्च विन्दुमा पुग्याे परिसूचक, ११ अर्बभन्दा धेरैकाे काराेबार

 जेठ ४, २०७८ मंगलबार १६:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । मङ्गलवार (आज) कारोबार रकम र नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३४ दशमलव ५८ अङ्कले बढेर दुई हजार सात सय ९३ दशमलव ८९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । 

आज उत्पादनमूलक समूहबाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक दुई सय चार दशमलव १४ अङ्कले बढेको छ भने होटल र पर्यटन समूहको परिसूचक दुई सय अङ्कले बढेको छ ।

यस्तै आज दिनभर ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँभन्दा धेरैका दुई करोड ३१ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ६७ करोड ९२ लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सोल्टी होटल लिमिटेड, ओरिएन्टल होटल लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, बेस्ट फाइनान्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड लगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलगायत कम्पनीको शेयर मूल्य भने घटेको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया