निषेधाज्ञाको पूर्ण पालनासहित थप सचेत हुन आग्रह

 जेठ ५, २०७८ बुधबार ९:६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काेराेनाकाे विषयलाई लिएर थप सचेत हुन नागरिकलाई आग्रह गरेको छ । गएको वर्ष भन्दा यसवर्ष कोरोना सङ्क्रमणको असर धेरै देखिएको र अत्यधिक सङक्रामक नयाँ भेरिएन्ट पनि पुष्टि भएको अवस्थामा निषेधाज्ञाको पूर्ण पालना गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाको कार्यान्वयन अहिलेसम्म सन्तोषजनक देखिएको गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य बनाउन अझै अत्यावश्यक रहेकाले थप सचेत हुन आग्रह गर्नुभयो ।

अहिलेसम्म चार जिल्लामा आंशिकसहित देशका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ । मनाङ, खोटाङ र तेह्रथुममा निषेधाज्ञा छैन । अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकतानुसार गाडी सञ्चालन गरिएको र आवश्यक अक्सिजन आपूर्ति सकेसम्म सहज बनाइएको प्रवक्ता दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार निषेधाज्ञा अवज्ञा गरी मास्क नलगाई हिँड्ने २१ हजार ९ सय ४२ जनालाई जरिवाना गरिएको छ । त्यस्तै सचेतनामूलक कार्यक्रममार्फत चार लाख ३७ हजार बढीलाई मास्क वितरण गरिएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया