चीनमा ७३ तले भवन अचानक हल्लिन थालेपछि भागाभाग

 जेठ ५, २०७८ बुधबार १३:५५:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – दक्षिणी चीनको शेनजेद शहरमा रहेको एक ७३ तले भवनमा कम्पन महसुस गरिएपछि त्यस भवनलाई हतारहतारमा खाली गर्नुपरेको छ । 

स्थानीय प्रशासनका अनुसार यो घटना मङ्गलवार बेलुकीको हो, जब नौ सय ८० फिट अग्लो एसईजी प्लाजामा रहेका मानिसहरुले यस भवन हल्लिएको महसुस गरे ।

त्यस समय चीनमा कुनै पनि भूकम्प आएको रेकर्ड गरिएको थिएन । यही कारण अहिले यस घटनाको जाँच भइरहेको छ । 

बीस वर्ष पुरानो यस ७३ तले भवनमा विभिन्न कार्यालय छन् र त्यसमा विद्युतीय सामग्रीको एक ठूलो बजार पनि लाग्ने गर्दछ । 

यो भवन शेनजेन सहरको बीच भागमा रहेको छ । झन्डै सवा करोड जसङ्ख्या रहेको सहरमा मानिसहरु यस भवनलाई एक ठूलो शपिङ सेन्टरको रुपमा जान्छन् । 

सामाजिक सञ्जालमा यो घटनाका कैयौँ भिडियो शेयर गरिँदैछ, जसमा मानिसहरु त्यस भवनबाट बाहिर निक्लिएर भागिरहेको देख्न सकिन्छ । 

सामाजिक सञ्जालमा धेरै व्यक्तिले यसलाई लिएर चिन्ता व्यक्त गरेका छन्, विना भूकम्प यो कसरी भयो भन्नेमा उनीहरु चकित छन् । 

चीनको सरकारी अखबार द ग्लोबल टाइम्सले लेखेको छ, शेनजेनको फूशियाँ जिल्लामा, जहाँ एसईजी प्लाजा रहेको छ, त्यहाँको स्थानीय प्राधिकरणको चिनियाँ समयअनुसार दिउँसो झन्डै साढे १२ बजे भवन हल्लिएको खबर प्राप्त भएको थियो र दिउँसो दुई बजेसम्म भवन खाली गराइएको थियो । यो घटना हुँदा भवनमा निकै मानिस रहेका थिए ।  

शेनजेनको स्थानीय प्राधिकरणले एक विज्ञप्ति निकाल्दै भनेको छ, भवनको आसपास जमिनमा केही क्षति भएको पाएका छैनौँ । यसका साथै भवनको बाहिरी पर्खालमा पनि कुनै क्षति पुगेको छैन तर भवन यसरी हल्लिनु चिन्ताजनक छ । हामी यो घटनाको विस्तृतमा जाँच गरिरहेका छौँ ।  

एसईजी प्लाजा सन् २००० मा बनेर तयार भएको थियो । यो चीनको एक सय चार नम्बरको सबैभन्दा अग्लो भवन हो । साथै विश्वको दुई सय १२ औँ अग्लो भवन हो । 

चीनलाई हङकङसँग जोड्नका लागि पनि चिनिने शेनजेन चीनमा प्राविधिक र आविष्कारको क्षेत्रमा ठूला काम गर्दै आएको छ ।   

टेनसेन्ट र हुवावे जस्ता चर्चित चिनियाँ कम्पनीको यस सहरमा कार्यालय छन् । विश्वको चौथो सबैभन्दा अग्लो भवन पनि यही सहरमा छ । 

चीनमा भवन भत्किएको खबर आइरहन्छ । गएको वर्ष मे महिनामा एक होटल भत्किँदा २९ जनाको ज्यान गएको थियो । 

यस होटललाई कोरोनाकालमा बिरामीका लागि आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरिएको थियो । 

यद्यपि चीन निकै तीव्र गतिमा निर्माण कार्य गर्ने देश भनेर अन्तर्राष्ट्रियस्तरमा नै चिनिँदै आएको छ । 

गएको वर्ष चिनियाँ प्रशासनले वुहान सहरमा मात्र ६ दिनभित्र एक हजार बेडको अस्पताल बनाएको थियो ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया