दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – रातो मच्छिन्द्रनाथको मूर्तिलाई आज ललितपुरको बुङ्मती लगिएको छ । कडा सुरक्षा घेराकाबीच बुधावर दिउँसो २ बजेर ५० मिनेटमा मूर्तिलाई खटमा राखेर बुङ्गमती लगिएको हो ।
यसअघि बिहान ६ बजेर ४० मिनेटको साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई रथमा ओराल्ने साइत रहेकोमा प्रतीकात्मक रूपमा रथ हल्लाइएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिनुभयो । विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिएको हो ।
योसँगै यस वर्षको मच्छिन्द्रनाथको जात्रा सकिएको छ । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथ जात्रालाई छोट्टाउने सहमतिअनुसार जेठ १ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो । मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथाे दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याइने परम्परा भए पनि प्रतीकात्मक रूपमा तानिएको हो ।
ललितपुर महानगरभित्रका केही ठाउँमा गएको जेठ १ गतेदेखि जिल्ला प्रशासन कार्यालय ललितपुरले पाँच जनाभन्दा धेरै भेला हुन नपाउने गरी लगाएको निषेधाज्ञा आज राति १० बजे सकिँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।