चीनले मङ्गल ग्रहमा पठाएको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक

 जेठ ५, २०७८ बुधबार २०:८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सीएनएसए

काठमाण्डाै – चीनले मङ्गल ग्रहमा अवतरण गराएको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक गरेको छ । गएको शनिवार मङ्गल ग्रहमा अवतरण भएको यानले खिचेको तस्बिर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

तस्बिर : सीएनएसए

तस्बिरमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ । सौर्य ऊर्जाबाट चल्ने दुई सय ४० किलो तौलको यानले मङ्गल ग्रहमा ९० दिन काम गर्ने अपेक्षा गरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।

तस्बिर : सीएनएसए

यान मङ्गल ग्रहको उत्तरी गोलार्धमा रहेको छ । यानमा क्यामराबाहेक अरू पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।

अमेरिकाले सन् १९७६ मा भाइकिङ–२ अवतरण गरेकै ठाउँ वरपर जुरोङ यान अवतरण भएको छ । त्यहाँ लामो समयअगाडि समुद्र रहेको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ । त्यहाँ सतहमुनि निकै मात्रामा हिउँ रहेको भू–उपग्रहको तथ्याङ्कले देखाउने वैज्ञानिकहरूको धारणा छ ।    

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया