वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य उपचुनावमा विवेकशील साझाले भोट नहाल्ने

 जेठ ६, २०७८ बिहीबार ८:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विवेकशील साझा पार्टीले आज हुने वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा मतदान नगर्ने भएको छ । विवेकशीलको वाग्मती प्रदेशमा तीन जना प्रदेशसभा सदस्य रहेका छन् । 

तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरुले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले मतदान नगर्ने निर्णय भएको वाग्मती प्रदेशको विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौडेलले बताउनुभयो । 

यस्तै उहाँले विज्ञप्तिमार्फत मतपत्रमा ‘नो भोट’ को विकल्प लागू गर्न पनि सरकार र निर्वाचन आयोगसँग माग गर्नुभएको छ । यसअघि सर्वोच्च अदालतले २०७० पुस २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो । 

सात वर्षभन्दा बढी भइसक्दा पनि आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासिन रहनु र राष्ट्रिय सभाको चुनावसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ को विकल्प सामेल नगरिनु खेदजनक रहेको नेता पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया