साउदीमा हुनुहुन्छ ? कोरोना विरुद्धको खोप निःशुल्क लगाउन यसो गर्नुहोस्

 जेठ ६, २०७८ बिहिबार ९:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ साउदी अरेबियामा कार्यरत हुनुहुन्छ ? यदि नुहुन्छ भने खोप लगाउनका लागि मोबाइल एप्लिकेसनमार्फत दर्ता भई खोप लगाउने मिति र समय निर्धारण गर्न भनिएको छ ।  

साउदी सरकारले आप्रवासी श्रमिकहरूलाई पनि निःशुल्क खोप प्रदान गरिरहेको छ । साउदीमा खोप लगाउनका लागि मोबाइल एप्लिकेशनहरु Sehhaty, Tawakkalna मार्फत मिति र समय पूर्व निर्धारण गर्नुपर्छ । अहिले यही एपमार्फत मिति र समय पूर्व निर्धारण गर्नेहरूलाई कोरोना विरुद्धको खोप प्रदान गरिरहेकाले जतिसक्दो छिटो दर्ताभइ खोप लगाउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।  

कोरोना महामारीको कारण साउदीमा रहेको नेपाली दूतावासले भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू बन्द गरेको छ । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले अनलाइन र फोनमार्फत अति आवश्यक सेवा भने दिइरहेको जनाएको छ । 

यस्तै साउदीकै जेद्दामा रहेको कन्सुलेट जनरलले पनि भौतिकरुपमा प्रदान गरिने सेवाका क्रममा भीडभाडलाई कम गरी जोखिम न्यूनीकरणका लागि उच्च सावधानी अपनाएको छ । सेवा लिन आउने नेपालीहरूलाई पनि विभिन्न सावधानी अपनाउन अनुरोध गरेको छ । 

कन्सुलेट जनरलमा कन्सुलर सेवा, पासपोर्ट नवीकरण जस्तो अत्यावश्यक सेवा बाहेक अरू कामका  लागि कन्सुलेट जाँदा अनिवार्यरुपमा पूर्व जानकारी तथा समय लिएर मात्र जानुपर्ने छ । 

त्यसका साथै सेवाग्राहीका साथ आउनुहुने सहकर्मी, चालक, नातेदार लगायतलाई कार्यालय परिसरभित्र नल्याउन पनि अनुरोध गरिएको छ । 

कोभिड सङ्क्रमण अवस्थाबारे जानकारी दिने मोबाइल एप्लिकेशन Tawakkalna (Covid-19 KSA) मोबाइलमा डिस्प्ले गराई अनिवार्य रुपमा कन्सुलेट जनरलको रिसेप्सनमा देखाउनु पर्ने नियम बनाइएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया