दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेले राष्ट्रिय सभा सदस्यकाे उपचुनावमा पार्टीको निर्देशन अवज्ञा गर्ने र पार्टी उम्मेदवार (रामबहादुर थापा बादल) को विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलापलाई अत्यन्तै गम्भीर रूपमा लिएको जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीकाे बैठकले पार्टी निर्देशन अवज्ञा गर्ने प्रवृत्तिको भर्त्सना गर्ने निर्णयसमेत गरेको छ । यस्तै कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने एमालेका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकाले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत छलफल भएको ज्ञवालीले बताउनुभयो ।
यसैबीच मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु सरकारको कर्तव्य रहेको प्रतिक्रिया दिनुभएको छ । स्थायी कमिटी बैठकपछि मन्त्री ज्ञवालीले अदालतको निर्णयप्रति कतिपय तर्क र फरक राय हुन सक्ने भए पनि फैसला कार्यन्वयन गर्नु आफूहरूको कर्तव्य रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।