दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम थालिएको छ ।
बुधवार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्गमती लगिएपछि हिजोबाट रथ भत्काउने काम थालिएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनुभयो ।
विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमती लगेपछि जावलाखेलमा रथ भत्काउने गरिन्थ्यो । तर यसपालि पनि गएको वर्षमाझैँ कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण रथजात्रा छोट्याएसँगै पुल्चोकमा रथ भत्काउने काम थालिएको हो ।
रथ निमार्णका लागि तिथिको आधार लिएर बनाउनु पर्ने समयसीमा भए पनि रथ भत्काउन त्यस्तो समयसीमा नभएको बाराहीले बताउनुभयो । बाराही समुदायले रथमा राखिएको सुनको फूल र नाग निकालेपछि मात्र रथको विभिन्न भागबाट काठ निकाल्ने काम हुन्छ ।
यसरी रथ भत्काएर आएको धमा भनिने लामो काठ पुल्चोकमा रहेको धमापाटीमा राखिन्छ भने चार विशाल पाङ्ग्रा जावलाखेलमा रहेको पाटीमा राखिन्छ । जुन अर्को वर्ष रथ बनाउन प्रयोग गरिन्छ । त्यस्तै रथ बनाउन प्रयोग गरिएका विभिन्न काठ, बेत र डोरी केही गुठि संस्थानले राख्छ भने केही केही रथको काठ निकाल्न खटेका गुठियारलाई ज्याला बापत दिइन्छ । युवा समुदाय र बुङ्गमतीका स्थानीयहरुले रथबाट काठ छुट्याउने कामको आधा-आधा जिम्मेवारी लिएका हुन्छन् ।
यसैबीच मीननाथको रथ भत्काउने काम पाटनको तङ्गलमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।