पश्चिम राप्ती, कर्णाली र महाकाली नदी किनारमा बाढीको चेतावनी

 जेठ ७, २०७८ शुक्रबार १२:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी जारी भएको छ ।

तीन वटा नदीमा पानीको बहावले खतराको तह पार गरेको र थप पानी परिरहेकाले चेतावनी जारी गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बाँँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट र आसपासका जिल्लाहरुमा ठूलो पानी परिरहेको र दिउँसो पनि पानी पर्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

ताउ–ते चक्रवातको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । अहिले देशका धेरैजसो ठाउँको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको छ ।

आज बेलुकीदेखि मौसम खुल्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ताउ–ते चक्रवातको प्रभाव कम भए पनि प्रि-मनसुनको समय भएकाले दिउँसोपख पछि बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया