जेठ २ मा जाने भनेको एकीकरणमा आएका साथीहरू हटाउने हाेइन : प्रधानमन्त्री ओली

 जेठ ७, २०७८ शुक्रबार १३:५२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा लैजानु भनेको दुई पार्टी एकीकरणअघिको अवस्था नभइ एकीकरणसहितको अअस्थामा फर्कनुरहेको बताउनुभएको छ ।

शुक्रवार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दुई पार्टी एकीकरणपछि राखेको नाम अर्को पार्टीसँग जुधेर दर्ता खारेज भए पनि एकीकरण खारेज नभएकाले पार्टी अलग भएपछि पनि एमालेमै रहेका एकीकरणताकाका नेताहरूलाई हटाउन नसक्ने बताउनुभयो । उहाँले अहिले एकीकरणसहितको एमाले भएकाले त्यहीअनुसार पार्टीको जिम्मेवारी बाँडफाँड र समस्या समाधान हुने बताउनुभयो ।

एमालेभित्रका असन्तुष्ट पक्षहरूले लोकतन्त्र र संसदीय प्रणालीकै धज्जी उडाइरहेको ओलीकाे भनाइ छ । कर्णालीमा भएको फ्लोर क्रस, राष्ट्रिय सभा चुनावमा रामबहादुर थापाको पराजय जस्ता काम संसदीय र दलीय प्रणालीमा क्षमा गर्नै नसक्ने भएको उहाँले बताउनुभयो । ‘पार्टीको अनुशासन नाघेकाहरूलाई उचित हिसाब–किताब हुन्छ’, चेतावनी दिँदै अध्यक्ष ओलीले भन्नुभयाे ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया