नयाँ सरकारका लागि एक सय ४९ सांसदको हस्ताक्षर, देउवा र प्रचण्ड शीतल निवासमा

 जेठ ७, २०७८ शुक्रबार १५:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका एक सय ४९ सांसदकाे हस्ताक्षर सङ्कलन भएको छ ।

एक सय ४९ सांसदको हस्ताक्षरसहित नेताहरू शीतल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भए पनि नेताहरूले यसलाई अझै छलफल गर्दै गएर टुङ्ग्याउने भन्नुभएकाले उहाँहरूले नै टुङ्ग्याउने नेता थापाले भन्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीहरूको बीचमा छलफल गरेर एउटा निर्णय गरेर नेताहरू जानुभएको छ । त्यहीँ नै गएर भन्नुहोला । तर एक सय ४९ जना सांसदसहितको दाबी गर्ने भन्ने छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।   

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया