माओवादीका जिल्ला नेतालाई गोली प्रहार गर्ने दुई जना पक्राउ

 जेठ ७, २०७८ शुक्रबार २०:१७:५० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – नेकपा माओवादी केन्द्र कपिलवस्तुका सदस्य दीपक पाण्डेमाथि गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका २ सागर टोलका ३३ वर्षीय साकिर अलीपखिया रहेका छन् । पक्राउ परेका दुवै जनाले घटनामा आफ्नाे संलग्नता रहेको स्वीकार गरेका छन् । 

तीन जनाको समूहमा एउटा मोटरसाइकलमा आएका उनीहरूले माओवादीका जिल्ला नेता दीपक पाण्डेयमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका अर्का एक जनाकाे खाेजी भइरहेकाे प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयाे ।  

गएकाे जेठ ५ गते बुधवार राति दुई वटा गोली लागेका पाण्डेकाे युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पाण्डेकाे अवस्था गम्भीर छ । यस्तै एउटा गोली लागेका अर्का भारतीय नागरिक इयाज अख्तर भने उपचारपछि घर फर्केिनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया