दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ - सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कोभिड-१९ निर्देशक समिति गठन गरेको छ ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति पनि खारेज भएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले ल्याएको ‘कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’ मा प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति बनाउने उल्लेख छ ।
अध्यादेशमा प्रधानमन्त्री ओलीको नेतृत्व रहने निर्देशक समितिमा उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्य तथा जनसङ्ख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री सदस्य रहने भनिएको छ । यस्तै अध्यादेशले कोभिड-१९ सङ्क्रमणका कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परे वा पर्न सक्ने देखिए स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।
आपतकाल लगाएको अवस्थामा सरकारले आवश्यकता अनुसार स्वास्थ्य संस्थाहरु नियन्त्रणमा लिएर सञ्चालन गर्न र गराउन सक्ने अध्यादेशमा भनिएको छ । यस्तै अध्यादेशअनुसार मास्क नलगाई सार्वजनिक ठाउँमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ जरिवाना तिराउन सक्ने व्यवस्था गरिएको छ ।
मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा उल्लङ्घन गर्नेलाई भने दुई सय रुपैयाँ तिराइने व्यवस्था छ । यस्तै आवतजावतमा रोक लगाइएको अवस्थामा अनुमति विना गाडी चलाए दुई पाङ्ग्रेलाई दुई हजार रुपैयाँ र अरु गाडीलाई ५ हजार रुपैयाँ तिराउन सक्ने व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।
यस्तै अध्यादेशले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्थासमेत गरेको छ । अध्यादेशले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको पनि परिकल्पना गरेको छ । यसअघि यो संरचना अभ्यासमा भए पनि कानुनी आधार नभएपछि माओवादी केन्द्रले सीसीएमसी खारेजीको माग गरेको थियो भने नेपाली कांग्रेसले पनि सीसीएमसीको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको थियो ।
औषधि, अक्सिजन, स्वास्थ्य सामग्री, अन्य उपचार उपकरण, खाद्य सामग्री तथा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा देखिएका समस्या समाधान गरी सहज आपूर्तिको व्यवस्था मिलाउने अधिकार पनि सीसीएमसीलाई नै दिइएको छ ।
यस्तै अध्यादेशमा प्रदेशस्तरमा निर्देशक समिति र जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने कोभिड व्यवस्थापन समितिलाई निरन्तरता दिने भनिएको छ । यस्तै अध्यादेशले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल सञ्चालन गर्ने र त्यसका लागि वीर अस्पताललाई केन्द्रीय अस्पताल तोक्ने भनिएको छ । यसको सञ्चालन स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने अध्यादेशमा भनिएको छ ।
यस्तै अध्यादेशले कोभिड-१९ सङ्कट व्यवस्थापन समितिलाई कोरोनाका कारण प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको द्रुत प्रतिकार्य टोली परिचालन गर्न सक्ने अधिकार दिएको छ । त्यसका लागि सीसीएमसीले केन्द्रीय अस्पतालसँग समन्वय गर्नुपर्ने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Chakra Shahi
May 22, 2021, 3:06 p.m.स्वतन्त्र नागरिकका हैसियतले आउँदो चुनाबमा मेरो भोट सम्माननीय प्रधानमन्त्री के. पी. ओली ज्यु लाई पक्का .....खेलाडी रोज्दा फिल्डमा खेलेर जित्न सक्ने खेलाडी रोज्ने हो ....चट्टान जस्तो निर्णायक .... दल र दलीय राजनीतिक राष्ट्र र नागरिक हित बिरुद्ध कटु बिष भयो, कमसेकम यस्तो विषम महामारीमा त केहि महिना-बर्ष आफ्नो पदीय स्वार्थ त्यागेर के पी ओली ज्यु कै सरकारको निरन्तरता खोजिनु पर्ने हो नि, सहयोग-सल्लाह-सुझाबको बेला कसैको नियति बन्नु पर्ने। राम्रो-नराम्रोको हिसाब-किताब संकट पछि पनि गर्न सकिन्थ्यो नि .....। सम्माननीय प्रधानमन्त्री के. पी. ओली र राष्ट्रपति बिद्द्या देवी भण्डारी ज्यु ले जाल-झेल-षड्यन्त्र गरे रे! विपक्ष सबै मिलेर गरेको जाल-झेल-षड्यन्त्रले जित्न सक्नु पर्यो नि हो !!!!! विपक्ष सबै मिलेर जाल-झेल-षड्यन्त्र गरेकै हुन्, सत्संग-भागवत-कोटीहोम लगाएका त पक्कै होइनन, हैन र ??? के. पी. ओली ज्यु का बिरुद्ध देशी-बिदेशी एक से एक धुरुन्ध राजनीतिज्ञ डाक्टरहरु मिलेर गरेको जाल-झेल-षड्यन्त्र, कर्कलोको पातमा अड्केको पानीको थोपा जस्तै भो ..... कि त सुकेर कि त झरेर सिद्धिनु पर्ने। विपक्ष सबै, औकात नभएका कसैका खेताला मात्रै साबित भए .... राजनीतिकको "र" पनि नजान्ने रहेछन, कठै बरा यस्तालाई पनि हामीले राजनीतिक नेता मान्नु पर्ने, हामी कति नालायक ...... आज त यिनको अनुहार हेर्दा यिनले हेर्ने ऎनले पनि गिज्यायो होला, कठै बिचराहरु ..... अब यिनका मालिकले कुन खिचडी पकाउन लगाउने होला, हेर्दै जाउँ ???