दाङकाे राप्ती नदीमा जथाभाबी उत्खनन

 जेठ ९, २०७८ आइतबार १०:३१:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको राप्ती नदीमा निषेधाज्ञाको मौकामा उत्खनन बढेको छ । देउखुरीको लमही-गढवा सडकखण्ड अन्तर्गत राप्ती पुलपूर्वतर्फ नदीमा भइरहेको उत्खननका लागि डोजर र टिप्परको मेला नै लाग्ने गरेको स्थानीयले बताएका छन् ।

 

नदीमै ठूला औजार प्रयोग गरेर उत्खनन हुँदा जोखिम बढेको स्थानीयबासिन्दाको गुनासो छ । राप्ती नदी किनारमा भर्खरै बनाएको तटबन्धको माथिल्लो भाग खोलिएको छ ।

गाउँलेहरुले उत्खनन भइरहेको ठाउँमै पुगेर मापदण्ड अनुसार मात्रै उत्खनन गर्न अनुरोध गरे पनि ठेकेदारहरुले मानेका छैनन् ।

वातावरण प्रभाव मूल्याङ्कन गरेको ठाउँ बाहिर उत्खनन नगर्न अनुरोध गरेको स्थानीयबासिन्दा चम्पा चौधरीले बताउनुभयो ।

ठेकेदार कम्पनीहरुले गढवा गाउँपालिकाले ठेक्का लगाएर देखाएकै ठाउँमा उत्खनन गरिहेको दाबी गरेका छन् । तर स्थानीयबासिन्दा मनपरी उत्खननले आफूहरुको बसोबास जोखिममा पर्नुको साथै गाईवस्तुको चरण क्षेत्र मासिएको बताउँछन् । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया