नेपाली पनि चार्डड उडानमार्फत विदेश जान पाउने, छैनन् रोजगारीमा जानेहरू

 जेठ ९, २०७८ आइतबार १४:१३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – कोरोना महामारीको कारण नियमित उडान बन्द भए पनि सरकारले चार्डड उडानमार्फत नेपालीहरू पनि जान पाउने निर्णय गरेको छ । तर चार्डड उडानमार्फत विदेश जाने नेपालीहरू निकै काम भएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार युरोप अमेरिकाजस्ता देशमा चार्टर्ड उडानमार्फत केही नेपालीहरू गए पनि वैदेशिक रोजगारीका लागि श्रम गन्तव्य देश खाडी र मलेसिया गएका छैनन् ।

एनआरएन, विभिन्न देशको कार्ड होल्डर नेपालीहरू भने युरोप, अमेरिका, जापान लगायतका देशमा भने फाट् फुट्ट गएको अध्यागमनले जनाएको छ ।

वैशाख २३ गतेदेखि भारत बाहेका देशमा नियमित उडान बन्द भएसँगै नेपालीका लागि विदेश जान बन्द गरिएको थियो । नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा रहेका विदेशीलाई फिर्ता लिनका लागि मात्र चार्टर्ड उडान अनुमति दिँदै आइएको थियो । 

नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान १० चार्डड उडान अनुमति दिएसँगै विरोध पनि भएको थियो । तर अब भने सरकारले नेपालीलाई पनि विदेश लैजाने उडानलाई चार्टर्ड अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकेको छ । 

सरकारले चीनको ग्वाङजाउ र कतारको दोहामा हप्तामा एउटा नियमित उडान अनुमति दिने पनि निर्णय गरेको छ । तर त्यस्तो उडान यात्रु बोक्नका लागि नभई मेडिकल सामग्री आपूर्तिका लागि मात्र हुनुपर्ने छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आउँदो जुन १ देखि अन्तर्राष्ट्रिय उडानमा केही सहज बनाउने तयारी भएको जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • Jeewan ranabhat

    May 25, 2021, 6:47 a.m.

    अन्य देशमा काम गर्ने हामी हजारौं नागरिकको न नेपाल मा जागिर छ, दुःख सुख विदेशमा पाएको जागिर पनि धेरैको गुम्ने भयो, यो स्थितिमा एयरपोर्ट चलाउन सजिलो छ, स्टाफ लागि नियमित शरीरको तापक्रम जाँच्ने , ज्वरो आए अस्पताल लाने , पेसेन्जरको लागि पिसीआर नेगेटिभ रिपोर्ट, यही सिस्टमले विदेशमा सबै एयरपोर्ट सञ्चालनमा आएका छन, न कुनै दे ले नेपालको फ्लाईट लाई रोक लगाएको पनि छैन, अझ चार्टर फ्लाईटबाट डबल त्रिपल तिरेर पैसो खाएर लैजादैछन् रे, त्यसैले यसमा चर्को आवाज उठाउन पर्यो।। धन्यबाद्

  •  0 Reply

तपाईको प्रतिक्रिया