बालुवा प्रशाेधन अनुमति लिएर क्रसर सञ्चालन गर्ने १० उद्याेगलाई प्रशासन कार्यालयकाे चेतावनी

 जेठ ९, २०७८ आइतबार १९:११:४७ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग चलाएका १० उद्योगलाई सेवा कटौती गर्ने चेतावनी दिएको छ । 

कानुन विपरीत काम गरेको पाइएपछि गएको वर्ष मङ्सिर ४ गते नै प्रशासनले क्रसरसम्बन्धी काम बन्द गर्न निर्देशन दिएको थियो । तर अटेर गरेर क्रसर चलाएको पाइएमा त्यस्ता उद्योगमा जोडिएका विद्युत्, खानेपानीलगायतका सेवा सुविधा बन्द गरिने प्रशासनले निकालेकाे सूचनामा भनिएकाे छ । 

साथै उद्योग र सञ्चालकसमेतको बैंक खाता, कारोबारलगायतका काम रोक्का गरिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सूचनामार्फत चेतावनी दिनुभएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया