चिनियाँ प्रहरी भन्छ : तपाईँहरु मिनी स्कर्ट लगाउनुहोस्, आवारालाई हामी ठिक पार्छौँ

 भदौ ९, २०७५ शनिबार ८:१२:३४ | एजेन्सी
unn.prixa.net

चीनको शेन्जेन शहरका नागरिक त्यहाँको प्रहरीको प्रशंसा गरेर थाक्दैनन् । शेन्जेन प्रहरीलाई सामाजिक सञ्जालमा त्यहाँका युवा पुस्ता तथा महिलाहरुको समर्थनको ओइरो लागिरहेको छ ।

शेन्जेन प्रहरीले प्रशंसा पाउनुको पछाडि उसले चलाएको एउटा अभियान मुख्य कारण रहेको छ । शेन्जेन प्रहरीले त्यहाँका महिलालाई पहिरनमा स्वतन्त्रता प्रदान गर्नका लागि एउटा अभियान सुरु गरेको छ । त्यो अभियानको ट्यागलाइन छ, ‘तपाईँ मिनी स्कर्ट लगाउनुहोस्, आवाराहरुलाई हामी समात्छौँ ।’

चीनमा महिलाहरुलाई मिनी स्कर्ट लगाउनु समस्याका रुपमा रहँदै आएको छ । आवाराहरुको समूहले मिनी स्कर्ट लगाएर हिँड्ने महिलाहरुको भिडियो बनाएर इन्टरनेटमा राख्ने गरेका छन् । त्यतिमात्रै होइन, सडकमै पनि महिलाहरुले दुर्व्यवहारको सामना गर्नुपरेको छ । 

ह्वाट्स अन वेबो वेबसाइटका अनुसार चिनियाँ महिलाहरुले सब–वे तथा भिडभाड हुने क्षेत्रमा त्यस्ता आवाराहरुको दुर्व्यवहारको शिकार हुनु परेको छ र सरकारले महिलाहरुलाई विभिन्न सुविधाहरु उपलब्ध गराएर यो समस्याबाट छुटकारा पाउने प्रयास गरे पनि सफल भएको थिएन । यसलाई महिलालाई गरिने भेदभावका रुपमा पनि लिइएको थियो । 

तर शेन्जेन प्रहरीले चलाएको यो अभियानपछि भने महिलाहरुलाई राहत मिलेको छ । यो अभियानमा प्रहरीले सामान्य नागरिकझैँ भिडमा गएर ती अवारा पुरुषहरुलाई समात्ने गरेको छ । अभियान सुरु भएको ५ हप्तामा महिलाहरुलाई जिस्काउने र दुर्व्यवहार गर्ने २९ जनालाई प्रहरीले हिरासतमा लिएको छ । 

शेन्जेन प्रशहरीको यो सफलतापछि बेइजिङ प्रहरीले पनि यो अभियान सुरु गरेको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया