कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित, २ अर्बको स्वास्थ्य सामग्री भित्रियो

 जेठ १०, २०७८ सोमबार १७:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काेभिड १९ (कोरोना भाइरस) काे रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साेमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको बताउनुभएको हो ।

यस्तै उहाँले कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न देशबाट सहयोग आउने क्रम चलिरहेकाे बताउनुभयो । मन्त्री त्रिपाठीका अनुसार अमेरिका, स्पेन, स्विट्जरल्यान्ड, चीनलगायत देशबाट दुई अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । यस्तै निःशुल्क परीक्षण तथा उपचार, स्वास्थ्यकर्मीको भत्तालगायतमा पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ ।

खोप कार्यक्रम र हाई डिपेन्डेसी युनिटका लागि दुई अर्ब  ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्वास्थ्य मन्त्री त्रिपाठीले बताउनुभयो ।

यस्तै उहाँले मानिसको ओहोरदोहोर नरोकिँदा र केही कार्यालय सञ्चालन भइरहेकाले सोचे जति कोरोना रोकथाम नभएको स्वीकार गर्नुभयो । स्वास्थ्य मन्त्री त्रिपाठीले आउँदो चार हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर क्रमशः घट्दै जाने अवस्था देखिएको पनि बताउनुभयो ।

उहाँका अनुसार एक हप्तायता औसतमा दैनिक आठ हजार जना नयाँ सङ्क्रमित थपिने गरेका छन् । आज देशभर सात हजार चार सय २५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना रोकथाम तथा बिरामीको उपचारका लागि भेन्टिलेटर र अक्सिजन सिलिन्डर थपेको र फेरि थप्दै जाने बताउनुभयो ।    

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया