गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गयो

 जेठ ११, २०७८ मंगलबार ७:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गएको छ । पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हिजो बेलुका काठमाण्डौ ल्याइएको थियो । गएको जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ सडुवामा पाण्डे र एक भारतीय नागरिकलाई तीन जनाको समूहले गोली प्रहार गरेका थिए ।

३४ वर्षका पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य हुन् । प्रहरीले गोली हानेको आरोपमा दुई जनालाई यसअघि नै पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका-१ का ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का साकिर अली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया