२६ औं आरोहण त्यागेर काठमाण्डौ फर्किए कीर्तिमानी आरोही कामिरिता शेर्पा

 जेठ ११, २०७८ मंगलबार १२:१९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कीर्तिमानी आरोही कामिरिता शेर्पा २६ औं पटकको सगरमाथा आरोहण त्यागेर काठमाण्डौ फर्कनुभएको छ ।

गएको वैशाख २४ गते बाटो बनाउँदै शिखरमा पुगेर २५ औं पटकको कीर्तिमानी बनाएका शेर्पाले २६ औं पटक आरोहणका लागि अनुमति लिइसक्नु भएको थियो । तर उहाँ आरोहण त्यागेर बिहान काठमाण्डौ फर्कनुभएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

शेर्पाले आउँदो शनिवार आरोहण गर्ने योजना बनाएकोमा घरपरिवारको अनुरोधका कारण आरोहण त्यागेर फर्किएको बताउनुभयो । कामिरिता शेर्पाले सन् २००९, २०१०, २०१३ र २०१९ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दोहोर्याएर सगरमाथा आरोहण गर्नुभएको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया