नेपाललाई सहयोग गर्न यूएई सकारात्मक, छिट्टै सहयोग प्राप्त हुने

 जेठ १३, २०७८ बिहिबार ८:५२:१२ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ ।

नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो । 

नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत सहयोगका लागि अनुरोध गरिएको थियो ।

यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न  स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

यस्तै यूएईमा रहेका नेपाली समुदायले समेत नेपालका लागि सहयोग गर्न कोभिड १९ मातृभूमि सहयोग अभियान सञ्चालन गरिरहेका छन् ।  यहाँ रहेका सम्पूर्ण नेपाली सङ्घसंस्था तथा कार्यरत सबै नेपाली मिलेर नेपाली दूतावासको संरक्षणमा  अभियान स सञ्चालन गरिरहेको दूतावासले जनाएको छ ।  

अभियानबाट अहिलेसम्म १० लाख रुपैयाँ सङ्कलन भएको अभियानकर्ता नेपाल एसोसिएसनका महासचिव नरेश शेनले उज्यालोलाई जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • गौतम रोका

    May 27, 2021, 10:45 a.m.

    सहयोग मात्र मागेर भएन दुबईबाट आउनको लागी हवाई उडान पनी खोल्नु पर्यो सरकार हामी अलपत्र छौ

  •  0 Reply

तपाईको प्रतिक्रिया