ताप्लेजुङमा शल्यक्रियामार्फत सुत्केरी गराउने डाक्टर नहुँदा समस्या

 जेठ १३, २०७८ बिहिबार १२:१०:३० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङ जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने डाक्टर नहुँदा गर्भवतीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता भएको छ । एक जना डाक्टरको सम्झौता सकिएको र एक जना तालिममा रहेकाले शल्यक्रिया मार्फत सुत्केरी गराउनुपर्ने गर्भवतीलाई जिल्ला बाहिर पठाउनुपरेको अस्पताल प्रमुख डा.सोनिम लामाले जानकारी दिनुभयो ।

गएको वैशाख २० गतेपछि जिल्ला अस्पतालमा सुत्केरी गराउन आएका १५ जनामध्ये पाँच जनालाई पाँचथरको जिल्ला अस्पताल पठाएको उहाँले बताउनुभयो । कतिपय महिलाहरु निक्कै गम्भिर अवस्थामा पुगेपछि अस्पताल आउँदा टाढा रहेको पाँचथर पठाउन समस्या हुने भएकाले जोखिम मोलेरै सुत्केरी गराउनु परेको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया