भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा : कुटपिटमा संलग्न तीन जना पक्राउ, छानबिन समिति गठन

 जेठ १४, २०७८ शुक्रबार ११:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कुटपिट र दुर्व्यवहारको विरोध गर्दै भेरी अस्पताल नेपालगञ्जका डाक्टर र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । भेरी अस्पताल परिसरमा बिहानैदेखि स्वास्थ्यकर्मीले नाराजुलुस गरिरहेका छन् ।

उनीहरुले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेका छन् । गएराति ८ बजेतिर बिरामीको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । स्वास्थ्यकर्मीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।

डाक्टर चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि कुटपिट र दुर्व्यवहार भएको उहाँले बताउनुभयो । प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

कोभिडका बिरामीको क्षमताभन्दा बढी सङ्ख्यामा उपचार गर्दै आएको भेरीमा यसअघि पनि डाक्टर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hari

    May 28, 2021, 12:38 p.m.

    के पि का झडकेलाहरूले कहि नछाडने भए बा

  •  0 Reply

तपाईको प्रतिक्रिया