निःशुल्क मनोसामाजिक परामर्श सेवा प्रवाह गर्दै धादिङको नीलकण्ठ नगरपालिका

 जेठ १४, २०७८ शुक्रबार १६:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – नीलकण्ठ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरूलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ । 

होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई मानसिक समस्या हुने भन्दै टेलिफोनमार्फत निःशुल्क मनोपरामर्श सेवा सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

 विपत्तिको समयमा नगर बासीहरूले डर, चिन्ता र पीरको सामना गर्नु परेको भन्दै मेयर ढुङ्गानाले मनमा आउने डर, चिन्ता र तनावलाई सकारात्मक रूपले कसरी कम गराउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यले परामर्श सेवा सञ्चालन गरेको बताउनुभयो । 

सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत सञ्चालित मनोपरामर्श सेवा अन्तर्गत परामर्श सेवा प्रवाह भएको हो । 

यो महामारीको समयमा मनमा चिन्ता हुने, पिर तथा तनावको कारण निन्द्रा नपर्ने, दिक्क लाग्ने, छटपटी हुने, मन आत्तिने, मुटु ढुकढुक हुने, विरक्त लाग्ने, मन स्थिर नहुने, एक्लै बस्न मन लाग्ने, रिस उठ्ने, मन नरमाइलो हुने, मर्ने सोच आउने जस्ता समस्या भएकाले परामर्श लिन सकिने नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताउनुभयो । 

नीलकण्ठ नगर बासीहरुले नीलकण्ठ नगरपालिकाको फोन नम्र ०१० ५२०५६९ तथा मनोपरामर्शकर्ता रामकुमार थापाको फोन नम्बर ९८५१२०४११८,९८२८०४९३५८ र ९८६०४९२३७८ मा सम्पर्क गर्न सकिने छ । सेवा लिन चाहनेले हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क सेवा लिन सक्नेछन् । 

साथै आत्महत्याको सोच आउनेले जुनसुकै समयमा पनि फोन गर्न सकिने थापाले बताउनुभयो । 

सुरक्षित आप्रवासन परियोजना सञ्चालन भएको धादिङको धुनीबेसी नगरपालिका,थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिबाट पनि निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया