देशका धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि पनि झरी पर्ने

 जेठ १४, २०७८ शुक्रबार १८:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार इलाम, सप्तरी, महोत्तरी, मकवानपुर, चितवन, नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परेको छ ।

नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले त्यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । यस्तै सप्तरी, सिरहा र आसपासका जिल्लामा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी आउन सक्ने हुँदा नदी आसपासमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।

यस्तै लगातारको झरीका कारण पहाडी क्षेत्रमा पनि पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । गएकाे बुधवार (अस्ति) देखि लगातार जसो परेको झरी शनिवार (भोलि) भने रोकिने पूर्वानुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकामा भोलि बिहान ९/१० बजेदेखि नै पानी पर्न रोकिने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अन्य क्षेत्रमा भने दिउँसो पछि वर्षा रोकिने उहाँले बताउनुभयो । पर्सी आइतवार र सोमवार पानी नपरे पनि मङ्गलवारदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया