विकसित देशले शुल्क लिएका छन्, हामीले कोरोनाको नि:शुल्क उपचार गरिरहेका छौँ : ओली

 जेठ १५, २०७८ शनिबार ११:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोर्याउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको, जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क नगरेको जिकिर गर्नुभयो ।

ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गर्नुभयो । गणतन्त्रलाई नागरिकको जीवनसँग जोडेर अघि बढ्न सम्पूर्ण प्रयासहरू केन्द्रित रहेका र विकासका चौतर्फी अभियान अघि  बढेका प्रधानमन्त्री ओलीको दाबी  छ ।

सेवाप्रवाहमा व्यापक सुधारसहित नागरिकमा सन्तुष्टि बढ्दै गइ विकास, समृद्धि तथा सुशासनका सबै आयामहरू तथा विश्वप्यापी परिसूचकहरूमा उल्लेख्य सुधार आउनुले देश सही दिशातिर अगाडि बढेको नै स्पष्ट भएको ओलीको भनाइ छ ।

आवधिक चुनाव लोकतन्त्रको आधारभूत पक्ष भएकाले आउँदाे कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा आम चुनावको घोषणा गरिएको र चुनाव भएरै छाड्ने ओलीले बताउनुभयो । चुनाव नहुने भ्रम नछर्न विपक्षी दललाई आग्रह गर्दै ओलीले सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया