१ लाखलाई सीप तालिम दिन ४० करोड बजेट विनियोजन

 जेठ १५, २०७८ शनिबार १७:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला,  बिजुली मर्मत, व्युटिसियन, सिलाई कटाइ लगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेका बताउनुभएको हो । 

विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया