तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

हिंसा र बलात्कार रोक्न कानुनी व्यवस्था कडाइकासाथ लागू गरेको प्रधानमन्त्रीको दाबी

 जेठ १६, २०७८ आइतबार ७:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिलाको सुरक्षा र अधिकार, सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार  भन्ने नाराका साथ आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो ।

नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चिता गर्ने आधार संसदबाट निर्माण गरिएको दिनको सम्झनामा हरेक वर्षको जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य बढेको बताउनुभयो ।

महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका पनि थप प्रभावकारी हुँदै आएको राष्ट्रपति भण्डारीको भनाइ छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले महिला तथा किशोरीमाथि हुने हिंसा बलात्कार तथा एसिड आक्रमण जस्ता जघन्य अपराध रोक्न कानुनी व्यवस्था कडाइका साथ लागू गरेको बताउनु भएको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै उहाँले सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न र महिलाका लागि रोजगारी सिर्जना गरी आर्थिक सशक्तिकरणसहित लैङ्गिक समतायुक्त समाज निर्माणमा सबै एक भएर जुट्न आह्वान गर्नुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया