साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटायो

 जेठ १६, २०७८ आइतबार ११:३८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएकोमा ११ वटालाई फुकुवा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो ।

प्रतिबन्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् । यात्रा प्रतिबन्ध हटे पनि यी देशबाट आउने नागरिक अनिवार्य रुपमा क्वरेण्टीनमा बस्नु पर्नेछ। यो निर्णय आजदेखि लागू हुनेछ । यो महिनाको सुरुवातमा साउदी अरबले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो ।
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया