दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस गरेको छ । कोरोना भाइरसकाे सङ्क्रमण कम नभएकाले वैकल्पिक विधिमार्फत परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्दै परीक्षा कसरी गर्ने भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले अवस्था जटिल नै रहेकाले भौतिक उपस्थिति नगराइकन नै वैकल्पिक विधिमार्फत परीक्षा लिन सुझावसहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाएको हो ।
अब शिक्षा मन्त्रालयले यसबारे थप छलफल गरी निर्णय गराउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने छ । त्यसपछि मात्रै परीक्षा कसरी गर्ने भन्नेबारे टुङ्गो लाग्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Purushottam sah
May 30, 2021, 3:04 p.m.यो सरकार वैकल्पिक न लिई राम्रो बरु आंतरिक मूल्यांकन राम्रो किन भने वैकल्पिक सम्भव छैन। हामी सब कक्षा १० को विद्यार्थी चिन्तित छौं कि SEE क्यान्सिल गर्दिनु यदि क्यान्सिल गर्नु हुँदैन भने कति ले त आफ्नो ज्यान पनि दिन्छन् रे किन भने वैकल्पिक रूप सम्भम छैन। यही मरो अनुरोध छ सरकार संग की SEE क्यान्सिल गर्दिनु।