सामाजिक सुरक्षा कोषमा वैशाखसम्मको योगदान रकम तिरेकाले मात्र सरकारी राहत पाउने

 जेठ १६, २०७८ आइतबार १५:२३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैशाख महिनासम्मको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेकाले मात्र सरकारले प्रदान गर्ने राहत पाउने भएका छन् ।

आर्थिक वर्ष २०७८/७८ को बजेटमार्फत कोरोनाको दोस्रो लहरका कारण समस्यामा परेका श्रमिक र रोजगारदातालाई राहत स्वरूप सरकारले जेठ र असार महिनाको योगदान रकम जम्मा गरिदिने घोषणा गरेको छ । 

तर सरकारले दिने यो योगदान रकम पाउनका लागि वैशाखसम्म आफैँले योगदान रकम जम्मा गरेको हुनुपर्ने सामाजिक सुरक्षा कोषले जनाएको छ । सरकारले श्रमिकले जम्मा गर्नुपर्ने ११ प्रतिशत र रोजगारदाताले जम्मा गर्नुपर्ने २० प्रतिशत रकम जेठ र असार महिनाको राहत स्वरूप जम्मा गरिदिने घोषणा गरेको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया