दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा पर्सि २० गते सकिँदैछ ।
त्यसपछि निषेधाज्ञा थप्दा विकास निर्माण र खाद्यान्नको क्षेत्र खुकुलो बनाउने तयारी भएको हो । यसबारे निर्णय गर्न काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
आज या भोलि बस्ने बैठकले यसबारे निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।
यसअघि गएको १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको छ । खाद्यान्न पसलसमेत बन्द गरिएको छ । केही दिनयता काठमाण्डौसहित सहरी क्षेत्रमा कोरोना सङ्क्रमणको दर घट्दै गएको छ।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द गरिएको थियो । यस्तै, अत्यावश्यक काम नपरि हिँडनेलाई कारबाही गर्ने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sagar
June 1, 2021, 2:24 p.m.सबै कर उठाउने खेल हो / संक्रमण कम भयो भनेको छ, यही बहानामा लकडाउन खोलेर नागरिकसँग कर उठाउने हो यीनीहरुले ....