दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्ने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
‘सबै जना जम्मा भइसक्यौँ, अब बैठक बस्छ’- नेता नेम्वाङले भन्नुभयो । बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप छलफल हुनेछ । यस्तै कोभिड सङ्क्रमणको विषय तथा आउँदाे रणनीतिको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
स्थायी कमिटी बैठकअघि एमालेका दोस्रो तहका नेताले सहमतिको प्रयास स्वरुप छलफल गरेका थिए । यसअघि आइतवार बेलुका ५ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।