काठमाण्डौमा हल्का  वर्षा, राति पनि पानी पर्ने

 जेठ १८, २०७८ मंगलबार १३:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश-२ बाहेक अहिले देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

अहिले पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकासहित गण्डकी, लुम्बिनी प्रदेशमा परेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको छ । बिहान प्रदेश-१, २ र सुदूरपश्चिममा पानी परिरहेको थियो ।

अहिले कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पानी पार्ने बादलको विकास भएको र यो पूर्वतिर सर्ने क्रममा रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । पानी पार्ने बादल  पूर्वतर्फ सर्दा वाग्मती प्रदेश र प्रदेश-२ मा पानी पर्न सक्ने मौसमविद् नगरकोटी बताउनुहुन्छ । काठमाण्डौ उपत्यकामा बेलुकापछि पनि पानी पर्ने सम्भावना रहेको नगरकोटीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया