दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर

 जेठ १८, २०७८ मंगलबार १४:१२:१०
unn.prixa.net

काठमाण्डाै - बजारमा दिनहुँजसो अनुगमन भइरहेकाे भनिए पनि जथाभाबी भइरहेकाे मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । बजारमा उत्पादकबाट उपभोक्तासम्म पुग्दा उपभोग्य सामग्रीको मूल्यमा ठूलो अन्तर रहेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने सामानको मूल्य, परिणाम र गुणस्तरबारे गरेको अनुगमनमा किसान, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर पाइएको हो।

धादिङको धुनीबेंसी र नौबिसेदेखि चितवनको मुग्लिङ बजारसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो ।

विभागका अनुसार निजी तथा सहकारी तरकारी सङ्कलक केन्द्रमार्फत हुने हरियो तरकारीको कारोबार, खाना पकाउने एलपी ग्यासका उद्योग र चितवनका कुखुराको दाना उत्पादक उद्योग, ह्याचरी उद्योग र कुखुरा फर्ममा अनुगमन गर्दा एकै किसिमको उत्पादनको मूल्यमा सङ्कलन केन्द्रपिच्छे खरिद बिक्री मूल्य फरक-फरक पाइएको छ ।

किसान वा उनीहरुका प्रतिनिधिको काठमाण्डौसम्म पहुँच नहुँदा किसानले सस्तोमा बेच्नु परेको छ भने उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ । आफूखुसी मूल्य राख्नेलाई भोलिसम्म सबै कारोबारको विवरण बुझाउन निर्देशन दिइएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया