अस्पताललाई स्वास्थ्य मन्त्रालयकाे निर्देशन– ‘एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्नू’

 जेठ १८, २०७८ मंगलबार १८:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आफ्नो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र लागत सूची सार्वजनिक गर्न निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमितको उपचारमा कतिपय अस्पतालले चर्को मूल्य लिएको विषयमा नागरिकको गुनासा आएको भन्दै स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकालेर आउँदो सात दिनभित्र संस्थाले दिने सेवाको प्रकार र लागत सूची सार्वजनिक गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले कतिपय अस्पतालले अक्सिजनको मूल्य चर्को लिएको, बिरामीलाई अनावश्यक परीक्षण गर्न लगाएको, उपचारमा आवश्यक सामग्रीकाे व्यवस्थापन गर्न बिरामी आफैँलाई लगाएको, आवश्यकताभन्दा बढी औषधि खरिद गर्न लगाएको जस्ता गुनासा आएको भन्दै आपत्ति जनाएको छ ।

सेवाको प्रकार, लागत सूची सम्बन्धित संस्थाको वेबसाइटमा राख्न र स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन मन्त्रालयले सबै संस्थालाई निर्देशन दिएको हो । 

यस्ताे छ निर्देशन–

 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया