काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन, खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्ने तयारी

 जेठ १८, २०७८ मंगलबार १८:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । मङ्गलवार (आज) उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको छलफलले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गरेका छन् ।

उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा यही २० गते बिहीवार सकिँदैछ । यसपछि निषेधाज्ञा खुकुलो बनाउनेबारे आज छलफल भएको र भोलि निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खुलाउने तयारी भएको छ ।

यस्तै आवासीय सुविधा दिए विकास निर्माणका कामलाई पनि अगाडि बढाउन दिने तयारी छ । कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेकाले निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको हो ।  

यसअघि गएको १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको थियो ।  पछिल्लो पटक थपिएको निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द गरिएको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया