वीर अस्पतालको काेभिड युनिफाइड अस्पतालमा उपचार सुरु

 जेठ १८, २०७८ मंगलबार २०:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वीर अस्पतालको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार सुरु भएको छ । 

सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरेसँगै नयाँ भवनमा आजदेखि बिरामी भर्ना गरेर उपचार दिन थालिएको कोरोना युनिफाइड अस्पतालका प्रमुख डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गाैतमका अनुसार ५० शय्या सञ्चालन गरिएको नयाँ भवनमा अक्सिजन सिलिन्डर र लिक्विड अक्सिजनको व्यवस्था गरिएको छ । तर अक्सिजन प्लान्ट नयाँ भवनमा नभएकाले अहिलेलाई कम अक्सिजन आवश्यक पर्ने बिरामीलाई मात्र राखिएको उहाँले बताउनुभयो । 

डाक्टर गौतमले केही दिनभित्रै एक सय शय्या सञ्चालमा ल्याउने बताउनुभयो ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया